
काठमाण्डु, २३ चैत– सरकारले शान्ति प्रक्रियाको बाँकी काम अब २ वर्षभित्र पुरा गर्ने घोषणा गरेको छ । आज बिहीबार सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सञ्चार मन्त्री रेखा शर्माले शान्ति प्रक्रियाका बाँकी काम २ वर्षभित्र पुरा गर्ने बताएकी छन ।
तत्कालीन सरकार र नेकपा माओवादीबीच भएको विस्तृत शान्ति सम्झौताको बाँकी काम तथा तराई मधेसलगायतका आन्दोलनका सरकार र आन्दोलनकारीहरुबीच सहमति र सम्झौतालाई कार्यान्वयन गर्ने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेहख गरेको छ ।
त्यस्तै संसदमा विचाराधीन बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनको संशोधन विधेयक यथाशीघ्र पारित गरी आयोग गठन गर्ने र आयोगलाई आवश्यक स्रोत–साधन र जनशक्ति उपलब्ध गराउने पनि कार्यक्रममा समेटिएको गरीएको छ ।
शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम २ वर्षभित्र पूरा गर्ने’ कार्यक्रममा भनिएको छ, ‘द्वन्द्वपीडितहरूलाई क्षतिपूर्ति, पुनः स्थापना र परिपूरणको व्यवस्था गर्ने ।
देशका विभिन्न भागहरूमा भएका आन्दोलनको क्रममा लगाइएका मुद्दाहरूको पुनरावलोकन गर्ने । झुटा मुद्दाहरू खारेज गर्ने र राजनीतिक प्रकृतिका बन्दीहरूलाई रिहाइ गर्ने कार्यक्रममा रहेको छ ।