
काठमाण्डु, २३ चैत– माओवादी केन्द्रका सांसद माधव सापकोटाले विकास बजेट खर्च नहुने प्रवृत्तिलाई न्यूनीकरणका लागि बजेट क्यालेन्डर बनाउनुपर्ने बताएका छन ।
आज (बिहीबार) बसेको प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन । उनले बजेट क्यालेन्डर बनाइ प्रत्येक महिनामा निश्चित प्रतिशत बजेट खर्च गर्न र सोही अनुरुप सम्बन्धित निकायहरुको कार्यसम्पादन मूल्यांकन गर्नुपर्ने पनि बताएका छन ।
उनले भने, ‘चालु आर्थिक वर्ष सकिन तीन महिना बाँकी छँदा करिब २५. ८८ प्रतिशत मात्र पुँजीगत खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाउँछ। गत आर्थिक वर्षको असार महिनामा कुल पुँजीगत खर्चको करिब २० प्रतिशत विकास बजेट खर्च भएको थियो । ’
उनले सांसद सापकोटाले औसत ६० प्रतिशत विकास खर्च आर्थिक वर्षको अन्तिम महिनाहरु जेठ र असारमा हुने गरेको बताएका छन । उनले विकासमा छुट्याइएको रकमहरु समयमै खर्च हुन नसकेर सरकारी ढुकुटीमा रहनु चलायमान अर्थतन्त्रको लागि राम्रो नमानिने बताएका छन ।