सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

काठमाण्डु टुडे २०७९ चैत २३ गते १६:१३ मा प्रकाशित

काठमाण्डु, २३ चैत– सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा सप्तरीको बोदेबर्साइन नगरपालिका ५ भाटिन बस्ने वर्ष १७ का सागर पण्डित रहेका छन् ।

मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो । आज बिहीबार दिउँसो बोदेबर्साइन २ बैरियास्थित बिषनपुर बोदेबर्साइन सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आँउदै गरेको को १७ प ९४७५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले बताएको छ ।

दुर्घटनामा गम्भीर घाइते चालक पण्डितको उपचारका लागि जिवन ज्योति अस्पताल बोदेबर्साइनमा लैजाँदा चिकित्सकले मृत घोषणा गरेको सप्तरीका डीएसपी नरेशकुमार सिंहले जानकारी दिएका छन ।

मोटरसाइकलमा पछाडि बसेका १५ वर्षीय सुमित पण्डित घाइते भएका छन् । उनको जिवन ज्योति अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us