
मोरङ, २३ चैत– प्रहरीले मोरङका विभिन्न परीक्षा केन्द्रबाट ११६ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । नक्कली परीक्षार्थीले परीक्षा दिएको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ११६ जनालाई पक्राउ गरीएको प्रहरीले बताएको छ ।
तीन वटा परीक्षा केन्द्रबाट उनीहरुलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता रन्जन दाहालले जानकारी दिएका छन ।
ग्रामथान गाउँपालिका–२ मा रहेको सरस्वती मावि परीक्षा केन्द्रबाट ५२ जना, केराबारी गाउँपालिका–७ स्थित सार्वजनिक माविबाट ४४ जना र सुन्दरहरैचा नगरपालिका–१ स्थित जनता माविबाट २० जना गरी ११६ जनालाई पक्राउ गरिएको उनले बताएका छन ।
नियन्त्रण्मा लिएकाहरुमध्ये कोको नक्कली हुने भन्नेबारे भेरिफाइ गर्ने काम भइरहेको प्रहरीले बताएको छ ।