सन्दीपविरुद्धको बलात्कार मुद्दामा आज पनि भएन सुनुवाइ

काठमाण्डु टुडे २०७९ चैत २२ गते १७:१७ मा प्रकाशित

काठमाण्डु, २२ चैत– क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज बुधवार सुनुवाइ भएको छैन । जिल्ला अदालत काठमाण्डु न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा सुनुवाइ तोकिएको थियो ।

समय अभावका कारण सन्दीपको मुद्दामा ‘इजलासबाट नभ्याएको’ जिल्ला अदालत काठमाण्डुले जानकारी दिएइको छ ।न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा तोकिएको मुद्दा पेशीमा पछाडिको क्रममा रहेकाले सुनुवाइका लागि पालो नआएको हो ।

कार्यालय समयको अन्तिम समयमा मुद्दा केहीबेरमात्रै हेर्न सकिने अवस्था रहेको अदालतका एक कर्मचारीले जानकारी दिएका छन ।

क्रिकेटर लामिछानेका कानून व्यवसायीले केहीबेर सुनुवाइ गरेर हेर्दाहेर्दैमा राखेर निरन्तरता दिन आग्रह गरेका थिए । तर सरकारी वकिलले सुनुवाइ हुन नसक्ने भएपछि फेरि मुद्दाको पेशी तोकिनुपर्ने भनी इजलासको ध्यानाकर्षण गराएका थिए । यो मुद्दा अब कहिले सुनुवाइ हुन्छ भन्ने मिति तोकिएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us