
काठमाण्डु,२१ चैत– बुटवलमा छाडा कुकुरहरूको बन्ध्याकरण सुरु भएको छ । बुटवल उपमहानगरपालिकाभित्रका सडकमा छाडा कुकुरहरूको सङ्ख्या कम गर्ने तथा रेबिज रोग फैलिन नदिन बन्ध्याकरण अभियान थालिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिएका छन ।
यस्तै कुकुरहरुलाई रेबिजविरुद्धको खोप लगाउने गरिएको छ । आज मङ्गलवार बुटवल उपमहानगरपालिकाको आयोजना र वातावरण तथा सामाजिक परिवर्तनका लागि युवासँगको सहकार्यमा ३ दिने अभियान सुरु गरीएको हो ।
अभियानका क्रममा बुटवलभित्रका सडकका कुकुरहरूको बन्ध्याकरणले कुकुरको सङ्ख्या वृद्धि रोकिने बुटवल प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिएका छन ।
उनले कुकुर पाल्नेहरूले सार्वजनिक स्थलमा दिसा पिसाब गराउनेलाई कारबाही गर्ने र आगामी वर्षदेखि बुटवलमा कुकुर पाल्नका लागि अनुमति लिनुपर्ने व्यवस्था गर्ने कानुन बनाइरहेको बताएका छन ।
सबैतिरबाट सहज पहुँच भएकाले बुटवलमा छाडा चौपाया र कुकुरहरूको सङ्ख्या बढ्दै गएकाले यसलाई रोक्नका लागि तयारी थालिएको उनले बताएका छन ।