वृद्धको हत्या आरोपमा ४ जना पक्राउ

काठमाण्डु टुडे २०७९ चैत २१ गते १०:३१ मा प्रकाशित

काठमाण्डु,२१ चैत– प्रहरीले रामेछाप बाट एक वृद्धको हत्या गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ। गोकुलगंगा गाउँपालिका–४ बेतालीका ८४ वर्षीय सम्शेरबहादुर थापामगरको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा ४ जनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, रामेछापकाले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा ६२ वर्षीय मानबहादुर मगर, ५२ वर्षीय नेत्रबहादुर थापामगर, ४५ वर्षीय रामपियारी खड्का र ४५ वर्षीय अनिता भनिने मनोमाया थापामगर रहेका छन ।

गत १३ चैतमा खुकुरी प्रहारबाट टाउकोमा गहिरो चोट लागेको थापामगरलाई उपचारका लागि मन्थली ल्याउँदै गर्दा अत्यधिक रक्तस्रावका कारण बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।

पक्राउ परेकालाई चार जनलाई हिरासतमा राखी थप अनुसन्धान पक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us