थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डु टुडे २०७९ चैत २० गते १७:३५ मा प्रकाशित

काठमाण्डु,२० चैत– देशभर पछिल्लो २४ घण्टामा थप ७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार १५११ जनामा गरिएको परीक्षणमा ७६ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा १६ जना संक्रमित निको हुँदा २८ हजार ७०३ जनाले खोप लगाएका पनि मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर २२७ जना सक्रिय संक्रमित रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us