
काठमाण्डु,२० चैत– उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरीलाई गौरव गर्नलायक संगठनका रूपमा स्थापित गर्नपर्ने बताउका छन ।
उनले गैरकानुनी कृयाकलाप रोक्न प्रहरी सक्षम हुनुपर्ने भन्दै नेपाली जनताले नेपाल प्रहरीलाई नयाँ रूपमा देख्न पाउनुपर्ने बताएका छन । सोमबार प्रहरी प्रधान कार्यालयको अनुगमनका क्रममा उनले यस्तो बताएका हुन ।
उनले भने, ‘हाम्रो पद भनेको जिम्मेवारी हो । हामी हाकिम बन्ने होइन,-गरिब असहाय र पीडित मान्छे प्रहरी कार्यालयमा जान्छ । उनीहरूका मुद्दाहरू प्रहरीले सुनिदिनुपर्छ । वास्ताविक जनताका मुद्दाहरू प्रहरीले सुनिदिनुपर्छ ।’
‘हामीले शासकीय अहंकार देखाउने । त्यो सासकीय अहंकारसहित तथाकथित पदलाई स्थापित गराउने र लाभ र सुविधाकेन्द्रीत बनाउनेमा हामीहरू केन्द्रित हुनुहुँदैन ।’ उनले जनतालाई सेवा दिन राज्यका सबै संयन्त्र लाग्नुपर्ने बताएका छन ।