
काठमाण्डु,२० चैत– बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मूत्यु हुनेमा पञ्चेश्वर–५ कै ५५ वर्षीय महादेव भट्ट रहेका छन । यस्तै जिप दुर्घटनामा परि १२ जना घाइते भएको प्रहरीले बताएको छ ।
देहीमाण्डौं–गिरेगडा सडकखण्ड अन्तर्गत पञ्चेश्वर गाउँपालिका–५ को तिलकपुर भीटामा सोमबार से १ ज २९५ नम्बरको जिप दुर्घटना हुँदा भट्टको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
भट्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रेमबहादुर शाहीले जानकारी दिए । उनका अनुसार चालकसहित जिपमा सवार अन्य १२ जना घाइते छन् ।
उनीहरु मध्ये पञ्चेश्वरकै कुन्ति भट्ट गम्भीर घाइते छन् भने अन्यको अवस्था खतरामुक्त रहेको उनले बताएका छन । जिपको ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीले बतएको छ ।