उपनिर्वाचनमा एकीकृत समाजवादीले उम्मेदवार नउठाउने

काठमाण्डु टुडे २०७९ चैत २० गते १२:२१ मा प्रकाशित

काठमाण्डु,२० चैत–आगमी १० वैशाखमा हुने प्रतिनिधि सभाको उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादी पार्टीले पनि पार्टीको उम्मेदवार नउठाउने भएको छ ।

उक्त पार्टीले तनहुँ १ र चितवन २ मा कांग्रेसका उम्मेदवारलाई सघाउने भएको छ भने बारामा जसपा उम्मेदवारलाई सघाउने एक नेताले जानकारी दिएका छन ।

सत्ता साझेदार दलका उम्मेदवारलाई सहयोग गर्नुपर्ने भएकाले पार्टीको उम्मेदवार नउठाएको एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन ।

समाजवादीले तनहुँ १ मा कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र चितवन २ मा कांग्रेसका जितनारायण श्रेष्ठलाई सहयोग गर्ने भएको छ । यस्तै बारा २ मा समाजवादीले जसपा अध्यक्ष उपेन्द्र यादवलाई सहयोग गर्ने भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us