
काठमाण्डु, २० चैत चितवन कांग्रेस नेता जगन्नाथ पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार रवि लामिछानेलाई समर्थन गर्ने बताएका छन । रवि चितवन–२ मा हुने उपनिर्वाचनको उम्मेदवार हुन् ।
कांग्रेसले पूर्व जिल्ला सभापति जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ । पौडेलले पत्रकारहरुलाई प्रतिक्रिया दिँदै यस्तो बताएका हुन । उनले भने, ‘छोटो समयमा देशले रुपान्तरण खोजेको छ ।
त्यो रुपान्तरणको निमित्त उपयुक्त टिमको आवश्यकता छ र त्यो टिममा ऊर्जावान व्यक्तिहरुको आवश्यकता छ । त्यो समूह भनेको स्वतन्त्र पार्टीहरुको समूह हो । त्यो भएको हुनाले उहाँहरुलाई सहयोग गर्दाखेरी देशले निकास पाउँछ भन्ने लाग्छ ।’
पार्टी नै प्रवेश गर्ने कि समर्थनमात्र भन्ने प्रश्नमा पौडेलले भने, ‘अहिले समर्थनमात्र ।’पौडेल रवि लामिछानेसँगै निर्वाचन अधिकृतको कार्यालयमा पुगेका छन् ।
स्थानीय तह निर्वाचन र प्रतिनिधि सभा निर्वाचनमा पौडेल पार्टीको आधिकारिक निर्णयविरुद्ध चुनाव लडेका थिए । उनले आफू स्वतन्त्रताप्रेमी भएको बताएका छन ।