आरआर क्याम्पसमा स्ववियु निर्वाचन २६ चैतमा हुने

काठमाण्डु टुडे २०७९ चैत १९ गते १८:३१ मा प्रकाशित

काठमाण्डु, १९ चैत– रत्न राज्यलक्ष्मी आरआर क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन २६ चैतमा हुने भएको छ ।

आइतबार बसेको सर्वपक्षीय बैठकले २६ चैतमा स्ववियु निर्वाचन गर्ने निर्णय गरेको बैठकमा सहभागी अनेरास्ववियुका नेता मदन भण्डारीले जानकारी दिएका छन ।

त्रिभुवन विश्वविद्यालयले ५ चैतमा तोकेको स्ववियु निर्वाचन विद्यार्थी संगठनबीचको विवादका कारण त्याहाँ निर्वाचन हुन सकेको थिएन ।

स्ववियु निर्वाचनको विषयलाई लिएर सत्तारुढ दल निकट विद्यार्थी संगठनले २६ फागुनमा क्षम्पसमा तालाबन्दी गरेका थिए । निर्वाचन अधिकृतको राजीनामा, फर्जी भर्ना भएका विद्यार्थीको छानबिन लगायतका माग उनीहरुले राखेका थिए ।

सोही अनुसार क्याम्पस प्रशासनले निर्वाचन अधिकृत परिवर्तन गर्ने र विद्यार्थी भर्ना छानबिन गर्ने भएपछि २६ चैतमा चुनाव गर्ने सहमति भएको उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us