कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाण्डु टुडे २०७९ चैत १८ गते ११:२९ मा प्रकाशित

काठमाण्डु,१८ चैत– कांग्रेसले आइतबार बिहान १० बजे बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

आइतबार बिहान १० बजे बस्ने गरी कार्यसम्पादन समितिको बैठक बोलाइएको कार्यालय मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन । बैठक पार्टी केन्द्रीय कार्यालय वीपीनगर ललितपुरमा बस्ने उनले बताएका छन ।

सरकारमा सहभागिताको विषयमा आन्तरिक विवाद देखिएपछि पार्टीले कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको हो । आन्तरिक भागबन्डामा असन्तुष्टि जनाउँदै पार्टीको शेखर कोइराला समूह सरकारमा सहभागी भएको छैन ।

बैठकमा पार्टीले पाएको थप चार मन्त्रालयमा को कसलाई पठाउने भन्ने विषयमा पनि छलफल हुने नेता हरुले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us