तनहुँ–१ मा स्वर्णिम वाग्लेलाई उठाउन कुरा भइरहेको छ: ढकाल

काठमाण्डु टुडे २०७९ चैत १६ गते १५:४७ मा प्रकाशित

काठमाण्डु,१६ चैत– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रवक्ता मुकुल ढकालले अर्थशास्त्री स्वर्णिम वाग्लेलाई तनहुँबाट उपचुनाव उम्मेदवार बनाउन कुरा भइरहेको जानकारी दिएका छन ।

ढकालले आफ्नो दलको तर्फबाट वाग्लेसँग कुरा भइरहेको बताएका छन । उनले स्वर्णिम रास्वपाको कुरा भइरहेको बताइएका छन । वाग्लेले ४ मंसिरको चुनावमा कांग्रेसको चुनाव घोषणापत्र तयारी समितिमा रहेर काम गरेका थिए ।

उनी त्यतिबेला कांग्रेसबाटै चितवन काठमाण्डुमध्ये एक ठाउँबाट चुनाव लड्ने चाहनामा थिए, तर सभापति शेरबहादुर देउवाले उनलाई प्राथमिकता दिएका थिएनन् । रास्वपाको प्रस्तावमा स्वर्णिमले के प्रतिक्रिया दिएका छन् भन्ने खुलेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us