
काठमाण्डु,१६ चैत– सरकार र मिटरब्याज पीडित किसानबीच आज बिहिबार गृह मन्त्रालयमा भएको वार्ता पुनः बस्ने गरी सकिएको छ ।
वार्तामा सरकार र मिटरब्याज पीडितले आआफ्नो धारणा प्रस्तुत गरेका थिए । अर्को वार्ता बिहीबार नै साँझ ६ बजे बस्ने मिटरब्याजविरुद्धको संघर्ष समितिका संयोजक मनोज पासवानले जानकारी दिएका छन ।
वार्तामा संघर्ष समितिले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लेखेको ९ बुँदे माग सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मालाई बुझाएको छ ।
मिटरब्याज संघर्ष समितिले यसअघि मिटरब्याज अपराधन नियन्त्रण कार्यदलबाट प्रस्तुत प्रतिवेदन समेत अध्ययन गर्न र अन्य पीडितहरुसँग पनि छलफल गर्न समय मागेकाले बेलुका पुनः वार्ता गर्ने गरी दिउँसोको वार्ता स्थगित भएको पासवान जानकारी दिएका छन ।