
कैलाली ,१२ चैत-कैलालीको मोहन्याल गाउँपालिका ५ तालबन्दमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलाली गौरीगंगा नगरपालिका ७ का ४५ वर्षीय चक्र जेठारा रहेका छन् ।
दुर्घटमा घाइते भयका उनको धनगढीस्थित सेती प्रादेशिक अस्पताल उपचारको क्रममा उनको मृत्यु भएको हो । यस्तै दुघृटनामा परि अन्य दुईजना घाइते भएका छन् ।
उनीहरुको सोही अस्पतालमा उपचार भइरहेको छ । से .२ त .२८५० नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिएको थियो । ट्याक्टरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।