अफगानस्तानमा एक नेपालीको मृत्यु , दुई घाइते

काठमाण्डु टुडे २०७१ साउन ६ गते ११:१६ मा प्रकाशित

काठमाण्डु , ६ साउन –  अफगानिस्तानको राजधानी काबुलमा मंगलबार भएको आत्मघाती आक्रमणमा परी एक नेपालीको मृत्यु हुनाको साथै दुई नेपाली घाइते भएका छन्।

afaganstanमोटरसाइकलमा आएका आक्रमणकारीहरुले गिब्सन क्याम्पमा आक्रमण गर्दा एक नेपालीसहित ६ जनाको मृत्यु भएको हो।

आक्रमणमा परी डायनाकोर कम्पनीमा काम गर्ने सुरक्षागार्ड धरानका गंगा लिम्बुको निधन भएको तथा अन्य दुई सुरक्षागार्ड अनिल गुरुङ र मेघ गुरुङ सख्त घाइते भएको त्यहाँबाट नेपाली पत्रकार सुवेल भण्डारीले जनाएका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us