
काठमाण्डु , ६ साउन – नेपालमा मौरीपालक किसानलाई ब्यावसायीक बनाउनुपर्नेमा मौरी विशेषज्ञहरुले सुझाव दिएका छन् । राजधानीको मिडिया इन्टरनेशनलमा मंगलवार आयोजित ‘महको ब्यवसायीकरण र निर्यातको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले मौरीपालक किसानहरुलाई ब्यवसायिक बनाउनु पर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा कृषि मन्त्री हरिप्रसाद पराजुलीले मौरीपालन ब्यवसायलाई ब्यवासायीक बनाउनु पर्नेमा जोड दिए । उनले मौरीपालक किसानहरुले ल्याएको योजना अनुसार काम गर्न सरकार प्रतिवद्ध रहने पनि उल्लेख गरे । कृषि क्षेत्रको विकासको लागि सरकारले २३ अर्व २८ करोड छुट्याएको मन्त्री पराजुलीले बताए ।
पूर्वधारहरु निर्माण नभई व्यवसायीकता सम्भव नहुने भएकाले अहिले पूर्वधार विकासमा जोड दिनुपर्ने अवस्था रहेको बताउदै मन्त्री पराजुलीले कृषि क्षेत्रको पूर्वाधार विकास नगरी कृषि क्षेत्रको पनि विकास नहुने बताए ।
नेपाली बजारमा महको बजार राम्रो रहेको र मौरीपालन व्यवसायलाई निर्भर बनाउन सरकारले यसक्षेत्रको विकासका लागी कार्ययोजना बनाउन आवश्यक रहेको उनले बताए ।
कार्यक्रममा बोल्दै कृषि मन्त्रालयका सह–सचिब रामप्रसाद पुलामीले मौरीपालन व्यवसायलाई फस्टाउन दिनका लागी सरकारले उचित व्यबस्था मिलाउन नसकेको बताए । मौरीपालन व्यवसायलाई ब्यबसायीक गर्ने हो भने नेपालमा मौरीपालन व्यवसायबाट देश आत्मनिर्भर हुन सक्ने बताए ।
सरकारले मौरीपालन व्यबसायको लागि खासै काम गर्न नसकेको स्वीकार गर्दै उनले किसानहरुको आफ्नै सक्रियतामा यो ब्यवसाय अगाडी बढेको बताए । सरकारले मौरीपालन ब्यवसायको विकासको लागि २० करोड छुट्याएको जानकारी दिए ।
यस्तै, व्यबसायीक किट विकास निर्देशनालयका जगदिशभक्त श्रेष्ठले मौरीपालन व्यबसायलाई व्यबसायीकतर्फ लैजान आवश्यक रहेको बताए । नेपालमा प्राकृतिक तथा अर्गानिक मह उत्पादन हुने भएकाले यसको गुणस्तर पनि राम्रो रहेको उल्लेख गर्दै श्रेष्ठले पाँच वर्ष भित्रमा ५ हजार मेट्रिक टन मह उत्पादन गर्न सकिने विश्वास ब्यक्त गरे ।
नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले सरकारले ब्यवसायीक कृषि नीति ल्याउनुपर्नेमा जोड दिए । उनले सरकारले कृषि नीति कार्यान्वनमा पनि कमजोरी रहेको बताए । नेपालमा मौरीपालन व्यबसायलाई व्यबसायीकरण मात्र गर्न सके नेपालबाट मह विदेश निर्यात गर्न सकिने उल्लेख गरे ।
यसैगरि अन्तराष्ट्रिय मह व्यबसायी जोन हकले नेपालको मौरीपालनको सम्भाब्यता प्रचुर रहेको भन्दै त्यसका लागि सरकारले यस क्षेत्रमा प्रशस्त्र लगानी गर्नुपर्नेमा जोड दिए । उनले मौरीपालन व्यबसायमा नेपालले ४० प्रतिशत भन्दा कम लगानी गरेको बताए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय मह व्यबसायी संघका अध्यक्ष धर्मराज श्रेष्ठ मौरीपालक किसानले कम्तीमा एक सय मौरीपालन गर्न सकेमा मात्रै ब्यवसायीक हुने बताए । मौरीपालनका लागि सरकारले झण्डै अर्बको ला लगानी गरेपनि कनिका छरेजस्तो गरि बजेट छर्दा प्रभावकारी नभएको उल्लेख गरे ।
मह विज्ञ डा.सुरेन्द्र जिसीले नेपालको मौरीपालनको सम्भाब्यता राम्रो रहेको भएपनि ब्यवसायीक हुन नसकेको बताए । मौरीपालन २ सय देखी ४२०० मिटरको उचाई सम् मगर्न सकिने भएकाले यसको नेपाल यो ब्यवसायको लागि उपयुक्त रहेको बताए । नेपालमा एउटा चिउरीको बोटबाट मात्रै १७ हजार टन मह उत्पादन भएको उल्लेख गर्दै उत्पादन क्षेत्र वृद्धि गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै एपिनेट नेपालका अध्यक्ष पवनकुमार सत्यालले नेपालमा मौरीपालन व्यबसायीक बनाउँन नसकिएकोले ब्यवसायीक बनाउनुपर्नेमा जोड दिए । सरकारले वर्षेनि २०० घार बाड्ने गरे पनि त्यो वास्तविक किसान सम्म समेत पुग्न नसकेको उल्लेख गरे ।