रक्सी खाएर विवाद गरेको आरोप लागेका प्रहरी जवान निलम्बित

काठमाण्डु टुडे २०७९ फागुन २८ गते १४:५७ मा प्रकाशित

काठमाण्डु ,२८ फागुन- रक्सी खाएर सडकमा स्थानीयसँग विवाद गरेको आरोप लागेका सप्तरीका प्रहरी जवान संजिवकुमार राय निलम्बनमा परेका छन्।

गत शुक्रबार दिउँसो राजविराजमा रक्सी खाएर स्थानीयसँग विवाद गरेका कारण निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेशकुमार सिंहले जानकारी दियका छन।

उनले अर्धनग्न भएर विवाद गरेको भिडिओ समेत सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। एउटा लाठी लिएर विवाद गरेको भिडिओमा देखिन्छ।त्यसैबीच जवानसँग हातपात गरेको आरोपमा प्रहरीले केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको बतायको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us