
काठमाण्डु,२६ फागुन– काठमाण्डुको घण्टाघरमा पैदलयात्रुलाई ठक्कर दिएर मोटरसाइकल पल्टिदा चालकको मृत्यु भएको छ भने पैदलयात्रु घाइते भएका छन् ।
मूत्यु हुनेमा मोटरसाइकल चालक भोजपुरको षडानन्द गाउँपालिका ११ घर भई हाल काठमाण्डु बस्ने सुजल छावुहाङ राई रहेका छन । राईको उपचारको क्रममा शुक्रबार बिहान सवा ७ बजे राष्ट्रिय ट्रमा सेन्टर महांकालमा मृत्यु भएको प्रहरीले बताएको छ ।
घाईते भएका पैदलयात्रु काठमाण्डुको नैकाप बस्ने ५८ वर्षीय असोक कुमार महर्जनको सोही अस्पतालमा उपचार भईरहेको पनि प्रहरीले बताएको छ । शुक्रबार बिहान ७ बजे बा ६५ प ५६०८ नम्बरको मोटरसाइकलले पैदलयात्रुलाई ठक्कर दिएर पल्टिएको थियो ।