राष्ट्रपति पौडेल निवास पुगे सभामुख घिमिरे

काठमाण्डु टुडे २०७९ फागुन २६ गते १०:४८ मा प्रकाशित

काठमाण्डु, २६ फागुन– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर बधाई दिएका छन् । घिमिरले पौडेललाई बधाई दिन शुक्रबार बिहान बालाजु हाइट बोहराटारस्थित पौठेल निवास पुगेका थिए ।

भेटमा सभामुख घिमिरेले नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए । घिमिरिले आफू सोमबार हुने राष्ट्रपतिको सपथग्रहण समारोहमा सहभागी हुन नसक्ने जानकारी पौडेललाई गराए ।

घिमिरे अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १ सय४६औं सम्मेलनमा भाग लिन आज बहराइन जाँदैछन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us