
काठमाण्डु,२५ फागुन– पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले राष्ट्रपतिले राष्ट्रहित विपरीतका काम गर्नु नहुने बताएका छन ।
आज (बिहिबार) भएको राष्ट्रपतिको निर्वाचनपछि सञ्चारकर्मीसँगको कुरा गर्दै उनले यस्तो बताएका हुन । उनले भने, ‘राष्ट्रपति राष्ट्रको अभिभावक हो ।
उहाँले राष्ट्रलाई सर्वोपरी राख्नुपर्छ । राष्ट्रको हितमा कुठाराघात हुने, प्रतिकूल असर पर्ने कुनै काम गर्न हुँदैन । देशको शिर निहुरिने कुनै काम गर्नु हुँदैन ।’
उनले राष्ट्रपति निर्वाचनको परिणाम सहमति अनुसार नै आएको पनि बताएका छन । ‘मत परिणामलाई मैले उत्साहप्रदक र सकारात्मक रुपमा लिएको छु ।
हामीले सहमति गरेअनुसार नै परिणाम प्राप्त भएको छ ,’ उनले भने । यस्तै उनले राष्ट्रपतिबाट विगतमा भएका राम्रो कुरालाई ग्रहण गर्दै कमजोरी कुरा सच्याउने पनि बताएका छन । यस्तै उनले गठबन्धनमा भागबण्डा ठूलो कुरा नभएकाले स्वभाविकरूपमा अगाडि बढ्ने बताएका छन ।