ललितपुर महानगरका शिक्षा अधिकृत १ लाख घुससहित पक्राउ

काठमाण्डु टुडे २०७९ फागुन २५ गते १८:२० मा प्रकाशित

काठमाण्डु,२५ फागुन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका शिक्षा अधिकृत शेषकान्त पौडेल १ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

महानगरपालिकाको शिक्षा महाशाखामा कार्यरत उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले बिहीबार घुस रकम लिइसकेको अवस्थामा कार्यकक्षबाटै पक्राउ गरेको हो ।

पौडेलले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिएवापत घुस मागेको सूचनाको आधारमा अख्तियारको टोली ललितपुर महानगरपालिका कार्यालय पुगे र पक्राउ गरेको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us