ओलीले गरे राष्ट्रपति निर्वाचनमा मतदान

काठमाण्डु टुडे २०७९ फागुन २५ गते १३:२२ मा प्रकाशित

काठमाण्डु,२५ फागुन– जारी राष्ट्रपति निर्वाचनमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् ।

संघीय संसद् भवनमा बानेश्वरमा बिहान १० बजेदेखि जारी मतदानमा ओली १२ बजेपछि मतदानस्थल पुगेर मतदान गरेका हुन ।

एमालेबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार रहेका छन् । मतदानको समय ३ बजेसम्म तोकिएको छ ।

मतदानको परिणाम पनि आज नै घोषणा गरिनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us