राष्ट्रपतिका विषयमा निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक जारी

काठमाण्डु टुडे २०७९ फागुन २५ गते १२:०७ मा प्रकाशित

काठमाण्डु,२५ फागुन– राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारी र संसदीय दलको बैठक पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा जारी छ ।

बैठकमा राष्ट्रपतिमा काँग्रेस उम्मेदवार रामचन्द्र पौडेल र एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङमध्ये कसलाई मतदान गर्ने भन्ने विषयमा निर्णय गर्ने केन्द्रीय सदस्य गणेश कार्कीले जानकारी दिएका छन ।

राष्ट्रपतिको चुनाव जारी रहेका बेला रास्वपाको बैठक बसेर निर्णय गर्न लागेको कार्कीले जानकारी दिएका छन । रास्वपाले राष्ट्रपतिमा काँग्रेस उम्मेदवार पौडेललाई मतदान गर्ने एक नेताले संकेत गरेका छन ।

ति नेताले भने, ‘हामीले बैठक बसेर निर्णय गर्दै छौं । सबै विषयलाई आकलन गरेर निर्णय गर्ने छौं’ ‘अब के निर्णय हुन्छ केही बेरमा थाहा पाइहाल्नुहुन्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us