दुर्गा प्रसाईंको कालोमोसो दल्ने आन्दोलनमा हाम्रो समर्थन छैन: व्यवसायी

काठमाण्डु टुडे २०७९ फागुन २४ गते १२:१२ मा प्रकाशित

काठमाण्डु,२४ फागुन– बैंकको ब्याजदर वृद्धि विरुद्ध आन्दोलनरत व्यवसायीहरुले दुर्गा प्रसाईंको ब्याज नतिर्ने आन्दोलनमा आफूहरुको साथ नदिने बताएका छन ।

देशभरका करिब ३६ वटा विभिन्न व्यवसायिक संगठन मिलेर बनेको संघर्ष समितिका संयोजक नरेश कटुवालले प्रसाईले सुरु गरेको आन्दोलनमा आफुहरुको साथ नरहेको जानकारी दिएका छन ।

यतिबेला व्यवसायी दुर्गा प्रसाईँले बैंकहरुको ब्याजदर नतिर्ने र बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कालोमोसो दल्ने अभियान सुरु गरेका छन् । यहीको परिणामस्वरुप जाजरकोटमा लघुवित्तका कर्मचारीमाथि कालोमोसो दलिएको छ । प्रसाईँले ब्याज नतिर्ने र ऋण मिहना गर्नुपर्ने घोषणा सहि देशव्यापी अभियान सुरु गरेपछि यसअघि देखि नै आन्दोलनमा रहेका व्यवसायीले भने साथ नरहेको बताएका छन ।

आफूहरुको आन्दोलन ब्याज महँगो भएको र संकटको समयमा ऋण र ब्याज तिर्ने समय थपनुपर्ने विषयमा केन्द्रीत भएको कटुवालले जानकारी दिएका छन ।

कटुवालको नेतृत्वमा संघर्ष समितिले २ पटक बैंकविरुद्ध आन्दोलन गरिसकेको छ । तर, आफुहरुको आन्दोलनको मूल उद्देश्य ब्याज र सावा नै नतिर्ने भन्ने नरहेको कटुवालले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us