मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न भारतलाई स्वीकृति दिएको छैनौं: प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु टुडे २०७९ फागुन २३ गते १८:०६ मा प्रकाशित

काठमाण्डु,२३ फागुन– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न भारतलाई स्वीकृति नदिएको बताएका छन ।

हालै मात्र पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले मुस्ताङमा भारतलाई बौद्ध विश्वविद्यालय खोल्न दिएर सरकारले चीनमाथि गद्दारी गरेको बताएका थिए ।

आज (मंगलबार) काठमाण्डुमा आयोजित कार्यक्रममा प्रचण्डले ओलीको नाम त लिएनन् । तर मुस्ताङको विषयमा चर्चा भइरहेको भन्दै त्यहाँ स्थानीय तहले विश्वविद्यालय भन्दा पनि कलेज खोल्न धेरै पहिलेदेखि कुरा चलाइरहेको आफूले पाएको बताएका छन ।

उनले भने, ‘नेपाल सरकारले कहीँकतै स्विकृति दिएको छैन ।’ उनले मुस्ताङमा भएको अमूल्य खनिज पदार्थको ठिक ढंगले उपयोग गर्न सकियो भने मुलुकको आर्थिक स्थितिमा आमूल परिवर्तन ल्याउन सकिने समेत पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us