नुहाउने क्रममा नहरमा डुबेर दुई जनाको मृत्यु

काठमाण्डु टुडे २०७९ फागुन २३ गते १७:५४ मा प्रकाशित

काठमाण्डु,२३ फागुन– बाँकेमा नुहाउने क्रममा डुबेर मंगलबार दिउँसो २ जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–१३ बन्दास्थित नहरमा नुहाउने क्रममा डुबेर २ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेहरूमा सोही नगरपालिका–१२ बस्ने १५ वर्षीय अनिल भट्टराई र १५ वर्षीय मनसुन बराल रहेका छन । नुहाउने क्रममा डुबेर वेपत्ता भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूको उद्धार गरी मेडिकल कलेज कोहलपुर पठाईएकोमा उपचारको क्रममा दुबैजनाको मृत्यु भएको प्रहरीले बताएको छ । (यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us