आठ दलीय गठबन्धनको बैठक बस्दै

काठमाण्डु टुडे २०७९ फागुन २३ गते १४:२२ मा प्रकाशित

काठमाण्डु,२३ फागुन– सत्तारुढ आठ दलीए गठबन्धनको बैठक बस्दै छ । कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा आठ दलका नेताहरुको बैठक बस्न लागेको हो ।

बैठक दिउँसो २ बजे बोलाइएको अब्दुल खाँनले बताएका छन । ‘पर्सी हुने राष्ट्रपति निर्वाचनको छलफल गर्न बैठक बस्न लागेको हो,’ आठ दलले गठन गरेको कार्यदलका सदस्य अब्दुल खाँनले भने,‘राष्ट्रपति निर्वाचनको तयारीका लागि छलफल गर्न लागेका हौं ।’ राष्ट्रपति निर्वाचनको २५ फागुनमा हुँद छ ।

आठ दलले साझा उम्मेदवार कांग्रेस नेता रामचन्द्र पौडेललाई बनाएको छ । नेकपा एमालेले नेता सुवासचन्द्र नेम्बाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us