
काठमाण्डु,२३ फागुन– माओवादी घटकहरुको बैठकलाई फेरी एक पटक निरन्तरता दिइने भएको छ । २६ फागुन माओवादी धारहरुको बैठक फेरी बस्ने भएको छ ।
सङ्क्रमणकालीन न्यायलाई टुङ्गो लगाउन दबाब दिने उद्देश्यले माओवादी धाराहरूको बैठक बस्ने नेकपा समाजवादी माओवादीका नेता कर्णजीत बुढाले बताएका छन ।
सबै माओवादीहरू मिल्नु पर्ने भन्दै सहभागीहरूले आ आफ्नो धारणा राखेको कर्णजीत बुढाले जानकारी दिएका छन ।