
काठमाण्डु, २२ फागुन– पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले होली पर्वको पारस्परिक एकता र सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्ने बताएका छन ।
आज (सोमबार) होलीको शुभकामना दिँदै उनले यस्तो बताएका हुन । उनले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना होस् भन्ने कामना गरेका हुन्। होलीको शुभकामना दिँदै उनले भनेका छन्, ‘वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आएको होली पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै पारस्परिक एकता र सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्दै पुनः शुभकामना व्यक्त गर्दछु।’ उनले होली पर्व हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व भएको बताएका छन ।
अन्यायमाथि न्यायको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, पारस्परिक एकता र सामाजिक सद्भावका साथ मनाउँदै आएको छ।