आज होली पर्व

काठमाण्डु टुडे २०७९ फागुन २२ गते ८:३९ मा प्रकाशित

काठमाण्डु, २२ पुस– काठमाडु उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा आज फागु पूर्णिमा अर्थात होली पर्व विशेष हर्सोल्लासपूर्वक मनाइँदैछ ।

होलीका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । होलीका दिन परिवार, आफन्त तथा साथीभाई सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दली यो पर्व मनाइन्छ । केही वर्षअघिसम्म होलीका क्रममा हुने विकृति क्रमशः हट्दै गएको छ ।

सत्य युगमा विष्णुभक्त प्रह्लादको हत्या गर्न हिरण्यकश्यपकी बहिनी होलिकाले प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलीका जलेर नष्ट भएको प्रसंग होली पर्वसँग जोडिन्छ । असत्यमाथि सत्यको विजय भएको यस घटनापछि होली मनाउन थालिएको विश्वास गरिन्छ ।

नेपालका पहाडी तथा हिमाली क्षेत्रमा फागु पूर्णिमाका दिन होली मनाउने गरिन्छ भने तराई क्षेत्रमा मा पूर्णिमाको भोलिपल्ट यो पर्व मनाउने प्रचलन छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us