मकवानपुरमा जंगली हात्तीको आक्रमणमा एकको मृत्यु

काठमाण्डु टुडे २०७९ फागुन १२ गते ८:३६ मा प्रकाशित

मकवानपुर, १२ फागुन– मकवानपुरको बकैया गाउँपालिका–५, पावसमा जंगली हात्तीको आक्रमणमा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा स्थानीय ५० वर्षीय जनकलाल माझी छन् । बिहीबार राति करिब ९ बजेतिर घर नजिकै माझीलाई जंगली हात्तीले आक्रमण गरेको थियो । हात्ती आक्रमणमा गम्भीर घाइते उनको हेटौंडा अस्पतालमा उपचारका क्रममा राति ११ बजे मृत्यु भएको हो ।

यसअघि सोमबार मात्र हात्ती आक्रमणमा मनहरी गाउँपालिका–४ मसिनेकी ६४ वर्षीया राधा अधिकारीको मृत्यु भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us