
काठमाण्डु,८ फागुन– लुम्बिनी प्रदेश सरकारका नवनियुक्त कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल अहिरले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
मुख्यमन्त्री लिला गिरीको सिफारिसमा आइतबार जनता समाजवादी पार्टी जसपा संसदीय दलका नेता अहिर कृषि तथा भूमि व्यवस्था मन्त्रीमा नियुक्त भएका थिए ।
बाँकेका अहिरलाई सोमबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनले सपथ दिलाएका हुन् । २८ माघमा एमालेबाट कृषि तथा भूमि व्यवस्थामन्त्री नियुक्त तुल्सीराम शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने जिम्मेवारी दिइएको छ । मन्त्री शर्मा भने त्यस बेला शपथ ग्रहण समारोहमा उपस्थित थिएनन् ।