माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाण्डु टुडे २०७९ फागुन ८ गते ११:३९ मा प्रकाशित

काठमाण्डु,८ फागुन– आगामी राष्ट्रपति निर्वाचनको उम्मेदवारका विषयमा छलफल गर्न नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दै छ ।

राष्ट्रपतिको उम्मेदवारको विषयमा नेकपा (एमाले)सँग असमझदारी बढेपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका नेताहरुसँग छलफल सुरु गरेका छन ।

कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरुले राष्ट्रपतिमा आफ्नो पार्टीले अघि सार्ने उम्मेदवारलाई समर्थन गर्न प्रधानमन्त्री प्रचण्डसमक्ष औपचारिक आग्रह गरेका थिए ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले पार्टीमा छलफल गर्ने बताएका थिए । सोही अनुसार आज पदाधिकारी बैठक बस्न लागेको नेताहरुले जानकारी दिएका छन ।

राष्ट्रपति निर्वाचनका लागि यही फागुन १३ गते मनोनयन दर्ताको कार्यक्रम रहेको छ । फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us