७० नम्बर ल्याए पनि लाइसेन्स पाउने व्यवस्था खारेज गरौँ: पाण्डे

काठमाण्डु टुडे २०७९ फागुन ३ गते १३:२३ मा प्रकाशित

काठमाण्डु,३ फागुन– नेकपा एकीकृत समाजवादीका नेता एवं संसद राजेन्द्र पाण्डेले ७० नम्बर ल्याए पनि सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० पाउने व्यवस्था खारेज गर्न माग गरेका छन ।

उनले मोटरसाइकल, स्कुटर र भ्यानमा ७० नम्बर ल्याए पनि लाइसेन्स पाउने तर ट्रक, बस, डोजरमा भने १०० नम्बर नै ल्याउनुपर्ने व्यवस्थाले एउटै सडकमा गाडी चलाउनेसँग दुई थरि लाइसेन्स हुने बताएका छन ।

आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । उनले ट्राफिक लाइटमा गाडी गुडाउँदा, युटर्नमा बत्ती नबाल्दा र अस्वाभाविक रुपमा गाडी गुडाउँदा पनि लाइसेन्स दिने मापदण्ड बनेको भन्दै उक्त मापदण्ड गलत भएको बताएका छन ।

उनले भने, ‘ म बागमती प्रदेशको मुख्यमन्त्री हुँदा यो निर्देशिका बागमती प्रदेशमा लागू गर्न मानिन । १५ नम्बर काटेर जनता मार्ने लाइसेन्स दिनुहुँदैन भनेर लागू गरिन, अहिले लागू भएछ’ ‘सरकार गलत बाटोमा छ ।

यदि लाइसेन्स दिनै मन भए यो खालको मापदण्ड परिवर्तन गर्नुपर्छ ।’ सांसद पाण्डेले सवारी चलाउन सक्षम व्यक्तिले मात्र लाइसेन्स पाउनुपर्ने बताएका छन ।

‘नभए गाउँमा नागरिकता टोली आउँदा टेबुल राखेर नागरिकता बाँडेजस्तै लाइसेन्स दिए भइहाल्यो नि । एसईईको सर्टिफिकेट दिँदा सँगै लाइसेन्स दिए भइहाल्यो नि, किन ट्रायल लिनुपर्‍यो ?’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us