सरकारले टर्कीमा गएको विनासकारी भूकम्पमा राहत लागि मेडिकल टिम र अत्यावश्यक सामग्री पठाउने

काठमाण्डु टुडे २०७९ माघ २५ गते १६:३४ मा प्रकाशित

काठमाण्डु,२५ माघ– नेपाल सरकारले टर्कीमा गएको विनासकारी भूकम्पमा राहत र पुनस्र्थापनका लागि मेडिकल टिम र अत्यावश्यक सामग्री पठाउने भएको छ ।

आज बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को दशौं बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टर्की नेपालको असल मित्रराष्ट्र भएकाले नेपालका तर्फबाट सम्भव सहयोग गर्नुपर्ने बताएका छन ।

उनले भने, ‘ टर्की हाम्रो असल मित्रराष्ट्र हो, हिजो हामीलाई अप्ठ्यारो पर्दा टर्की सरकारले सहयोग गरेको हो । टर्की सरकारको दुखमा हामीले पनि सहयोग गर्नुपर्छ ।

त्यसैले छिटोभन्दा छिटो टोली र प्राविधिक सामान पठाएर सहयोग गरौँ ।’ आवश्यक तयारी गरेर छिटोभन्दा छिटो मेडिकल टोली, मेडिकल सामग्री, लजिष्टिक सामग्री र टर्कीको वातावरणसँग मिल्ने खाद्य सामग्री पठाउने निर्णय पछि तयारी सुरु गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us