
काठमाण्डु,२२ माघ– स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले लोकतन्त्र बलियो बनाउनका लागि प्रेस जगत् बलियो हुनुपर्ने बताएका छन ।
प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा चितवन शाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताउका हुन ।
उनले भ्रष्टाचार र विसंगतिविरूद्ध हिम्मतिलो भएर कलम चलाउन मिडियाकर्मीहरुसँग आग्रह गरेका छन । उनले भने, ‘राजनीतिक रूपमा हामीले धेरै परिवर्तन गर्यौ ।
अबको समृद्धि भनेकै विकास र आर्थिक प्रगति हो । यसका लागि उत्पादनका क्षेत्रहरू विकास गरेर जानुपर्ने आवश्यकता छ । यसमा विसंगति र भ्रस्टाचार पर्खाल बनेर खडा छन् ’।
उनले सरकारले मिडियामैत्री कानुन ल्याएर मिडियाकर्मीहरूका समस्या समाधान गर्नुपर्ने बताएका छन ।