रोकेर राखिएको ट्रकमा अर्को ट्रक ठोक्यिो, दुईको मृत्यु

काठमाण्डु टुडे २०७९ माघ २० गते १०:२२ मा प्रकाशित

झापा, २० माघ– पार्किङ गरेर राखिएको ट्रकमा अर्को ट्रक ठोक्किँदा झापामा दुई जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी नगरपालिका–१ मा गएराति उक्त घटना भएको हो । पार्किङ गरेर राखिएको ना६ख ८८९५ नम्बरको ट्रकमा पछाडिबाट आएको रड लोड गरिएको ना५ख ८३११ ट्रक ठोक्किएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रातको समयमा बाक्लो हुस्सुले चालकले राम्रोसँग सडक देख्न नसकेका कारण पार्किङ गरिएको ट्रकमा ठोक्किएको हो । मृत्यु हुनेमा ठक्कर दिने ट्रकका सुनसरी झुम्काका ३५ वर्षीय मदन चौधरी र सोही ट्रकका सहचालक छन् ।

सह–चालकको पहिचान खुल्न बाँकी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us