
काठमाण्डु, १८ माघ -बागलुङमा एक जना पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।
बागलुङ नगरपालिक ८ सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले बुधबार आफ्नो घरभित्रै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको हुन। जिसीले घरमा कोही नभएको अवस्थामा जिसीले पेट्रोल छर्केर शरीरमा आगो लगाएका थिए ।
आगो लगाएका केही समयमा छिमेकीले देखेर जोगाएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता गङ्गा बहादुर थापाले जानकारी दिए। उहाँले आफ्नै शरिरमा आगो लगाएपछि बाग्लुङ अस्पतालबाट थप उपचारका लागि पोखरा लगिँदै छ, थापाले भने । आत्मदाहको कारण नखुलेको प्रहरीले जनाएको छ ।