
नवलपरासी,१८ माघ– प्रहरीले नवलपरासी पश्चिमस्थित प्रतापपुर गाउँपालिका–५ बाट भन्सार छलेर ल्याएको १३३ बोरा गहुँ बरामद गरेको छ ।
स्थानीय कैलाश हजामको घरमा लुकाएर राखेको १३३ बोरा गहुँ बरामद गरिएको नवलपरासी पश्चिमका डिएसपी भोजराज पाण्डेयले बताएका छन ।
भन्सार छलेर अवैध रूपमा सो गहुँ भारतबाट ल्याएको प्रहरीले बताएको छ । करिब २ लाख मूल्य पर्ने ६ टन ६ क्विन्टल गहुँ महेशपुर भन्सार कार्यालयमा बुझाइने डिएसपी पाण्डेयले जानकारी दिएका छन ।