वीरेन्द्रनगरमा युवक मृत फेला

काठमाण्डु टुडे २०७९ माघ १७ गते ८:०२ मा प्रकाशित

सुर्खेत, १७ माघ– सुर्खेतको वीरेन्द्रनगरमा एक युवा मृत भेटिएका छन् ।

प्रहरीका अनुसार हुम्ला अदानचुली गाउँपालिका–३ का २४ वर्षीय मिलन बुमी मृत फेला परेका हुन् । बुमी वीरेन्द्रनगर नगरपालिका–१० मा बस्दै आएका थिए । उनको शव इत्राम खोला पुलमा सोमबार राति करिब ११ बजे मृत फेला परेको र घटनाबारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us