
काठमाण्डु, १७ माघ– काठमाण्डुको सितापाइलामा सोमबार साँझ भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रसुवा गोसाइंकुण्ड गाउँपालिका–६ का ५२ वर्षीय यायल्म घले छिन् ।
गम्भीर घाइते उनको मनमोहन अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा अरु पाँच जना घाइते भएका छन् । बा२ख ८३६८ नम्बरको बस र ना१ज २४२१ नम्बरको टाटासुमो आपसमा ठोक्किएका थिए । घले बसमा सवार रहेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये एक जनाको कलंकीस्थित नेपाल नेशनल अस्पतालमा बाँकी चार जनाको मनमोहन अस्पतालमा उपचार भइरहेको छ । सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने बस चालक फरार छन् ।