शहीदको आकाङ्क्षा पूरा गर्न सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका: देवराज घिमिरे

काठमाण्डु टुडे २०७९ माघ १६ गते १८:२६ मा प्रकाशित

काठमाण्डु,१६ माघ– सभामुख देवराज घिमिरेले शहीदका अधुरा सपना पूरा गर्न सबै प्रतिबद्ध हुनुपर्ने बताएका छन । आज (सोमबार) पत्रकारहरूसँगको अन्तरक्रियात्मक कार्यक्रममा शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनले यस्तो बताएका हुन ।

उनले शहीदहरूको आकाङ्क्षा पूरा गर्न आमसञ्चारमाध्यमले विशेष भूमिका निर्वाह गर्ने उनले बताएका छन । उनले भने, ‘राष्ट्र र जनताको उन्नतिका लागि जीवन अर्पण गर्ने शहीदहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दछु ।

शहीदहरूको सपना कति कुन हदसम्म पूरा हुन आएको छ र अब पूरा गर्ने के गर्नुपर्छ रु त्यसमा अठोट गर्ने र ती आकाङ्क्षा पूरा गर्ने अमासञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ ।’

सभामुख घिमिरेले विगतमा संसदीय समाचार संकलनमा गरिएका राम्रा अभ्यासको निरन्तरता र समस्याको समाधान गर्ने प्रतिबद्धता जनाएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us