
काठमाण्डु, १६ माघ– ड्युटीमा खटिएका प्रहरीको हात भाँचेको आरोपमा पक्राउ परेका एक व्यक्ति २ हजार ८ सय रुपैयाँ जरिवाना तिरेर रिहा भएका छन् ।
पोखराका सौरभ थापाले ड्युटीमा खटिएका प्रहरी हवल्दारको हात भाँचिदिएका थिए । अटो व्यवसायी थापा अभद्र मुद्दामा पक्राउ परेका थिए । कास्की प्रहरीका सूचना अधिकारी सुवास तिमिल्सनाले जरिवाना गरेर थापालाई छाडिएको बताए ।
अत्याधिक मादक पदार्थ सेवन गरी थापाले चलाएको गाडीको ठक्करबाट बिहीबार राति पोखरा रामबजारस्थित भारतीय पेन्सन क्याम्प अगाडि ड्युटमिा रहेका प्रहरी हवल्दार चित्रबहादुर वलीको हात भाँचिएको थियो ।