
काठमाण्डु,१६ माघ– नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले गृहमन्त्री कसलाई बनाउने भन्ने विषय सरकारको भएको भन्दै त्यो प्रधानमन्त्रीले टुंग्याउने बताएका छन् ।
आज (सोमबार) पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले यस्तो बताएका हुन उनले यस बिषयमा पार्टीमा छलफल नभएको पनि बताएका छन ।
‘गृहमन्त्रीको विषयमा प्रवेश नै गरिएन, यो सरकारको विषय हो’, महराले भने, ‘गृहमन्त्री को हुन्छ, को हुन्न भन्ने कुरा उहाँ ९प्रधानमन्त्री० ले टुंगो लगाउने कुरा हो । यो पार्टीले टुंग्याउने कुरा होइन ।’