
काठमाण्डु,१६ माघ– विराटनगर महानगरपालिकाले बजार क्षेत्रको सडकमा पार्किङ गर्न रोक लगाएपछि व्यापारीले बजारनै बन्द गरेका छन । मेयर नागेश कोइरालाको निर्णयको विरोध गर्दै व्यापारीले मुख्य बजार बन्द गराएका हुन् ।
आज (सोमबार) पसल बन्द गराएर आन्दोलनमा उत्रिएको खुद्रा व्यापार संघ मोरङका अध्यक्ष सञ्जय मण्डलले जानकारी दिएका छन । उनले महानगरपालिकाले विकल्प नदिई पार्किङ हटाएको बताएका छन ।
महानगरपालिकाले बजार क्षेत्रमा रहेका खाली जग्गामा पार्किङ बनाउने अभियान सञ्चालन गरिररहेको छ । मुख्य बजार क्षेत्रमा विकल्प नदिई पार्किङ निषेध गरेपछि आन्दोलनमा उत्रिनु परेको उनले बताएका छन ।
महानगरपालिकाका प्रमुख नागेश कोइरालालाई भेटेर विकल्प दिएर मात्रै पार्किङ हटाउन व्यापारीले माग गरेका थिए ।