
काठमाण्डु,१६ माघ– कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिका लागि कांग्रेसको दाबी कायमै रहने बताएका छन ।
आज (सोमबार) भरतपुरमा प्रेस युनियन चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता केसीले राष्ट्रपतिमा कांग्रेसको दाबी कायमै रहेको बताएका छन । उनले त्यसका लागि जुनसुकै दलसँग सहयोग लिन सकिने पनि बताए ।
राष्ट्रपति कांग्रेसले लिन कोसिस जारी राखेको छ तर राष्ट्रपति पाएकै भरमा सरकारमा भने नजाने उनले बताएका छन । नेता केसीले राष्ट्रपतिका लागि राष्ट्रिय सहमति जरुरी रहेको बताएका छन ।
उनले राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने कुरा केन्द्रीय समितिको बैठक बोलाएर निर्णय गर्ने बताएका छन । उनले भने, ‘कांग्रेसले सरकारको नेतृत्वको संयोजन गर्नुपर्थ्यो ।
आफ्नै त्रुटिका कारण प्रतिपक्षमा पुग्यौँ । अब प्रतिपक्षको धर्म निर्वाह गर्नुनै कांग्रेसको दायित्व र जिम्मेवारी हो । ’