पोखरामा जलेर घाइते भएकी महिलाको मृत्यु

काठमाण्डु टुडे २०७९ माघ १६ गते १४:१६ मा प्रकाशित

काठमाण्डु, १६ माघ- आइतबार पोखरामा जलेर गम्भीर घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा पोखरा महानगर–१३, काहुँखोलाकी ३५ वर्षकी संगीता सापकोटा रहेकी छन। आइतबार बिहान पोखरा महानगर–१३, काहुँखोलामा एक पुरुष र महिला जल्दै गरेको अवस्थामा स्थानीयले उद्धार गरेका थिए ।

सोही घटनामा जलेर घाइते भएका सापकोटाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा सोमबार बिहान ५ बजे मृत्यु भएको बतायको छ। घटनामा जलेर घाइते भएका ४५ वर्षका कृष्णबहादुर क्षेत्रीको भने उपचार भइरहेको छ ।

क्षेत्रीले पेट्रोल छर्केर आगो लगाउने प्रयास गर्दै गर्दा घरबेटी सापकोटाले बचाउन खोज्दा घाइते भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us